पार्टी गठनको सात महिनामै लामिछाने उपप्रधान सहित गृहमन्त्री

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन् । ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,’ लामिछानेले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्‍मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् ।

उपप्रधान र अर्थ मन्त्रालय लिएर विष्णु पौडेलको नेतृत्वमा एमाले 

काठमाडौँ — एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् । उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन् । त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन् । एमालेबाट सोमबार मन्त्रीको शपथ लिन लागेकाहरू प्रत्यक्ष निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन् ।

https://ujyaalonepalnews.com/archives/25523

Previous articleसहमती पछि ओली- प्रचण्डको ‘बार्दली’ अभिवादन
Next articleमन्त्रीपद ग्रहणपछि रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।