मन्त्रीपद ग्रहणपछि रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकाले गृह मन्त्रालय रोजेको हुँ : लामिछाने

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएको बताएका छन् । सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको बताएका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो ।’

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका मन्त्री लामिछानेले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए । उनले भने, ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’

https://ujyaalonepalnews.com/archives/25525

Previous articleपार्टी गठनको सात महिनामै लामिछाने उपप्रधान सहित गृहमन्त्री
Next articleकाठमाडौंमा डेरा खोज्दै सिके राउत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।