वीरगञ्जस्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीको अप’रहणपछि ह’त्या गरेको आरोपमा पक्राउ परेका शिक्षक सहित दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। विद्यार्थीको अपहरणपछि ५० लाख फिरौती मागेको मेसेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए।
वीरगञ्ज महानगरपालिका-२५, खल्वा टोला सिर्सियास्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय निरजकुमार पासवानको अप’हरणपछि ह’त्या भएको छ। उनको हत्यामा संलग्न रहेका तीन जनामध्ये वीरगञ्ज-१७, अलौंका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबनी गाउँपालिका-१ घोडदौलपिप्राका ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरिएको हो। पटेल गुरुकुल विद्यालयकै शिक्षक हुन्।
निरज हराएको भन्दै उनको परिवारले मंसीर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसको १२ दिनपछि गर्दै मंसीर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा एउटा मेसेज भेटिएको एसपी शाहले बताए। “बालकको बुबाको मोबाइलमा ५० लाख फिरौती माग गरिएको मेसेज भेटियो,” एसपी शाहले भने, “मेसेजका आधारमा पछ्याउँदै जाँदा फिरौती माग्न प्रयोग गरिएको मोबाइल सहित शिक्षक पटेल र स्थानीय यादवलाई पक्राउ गरेका हौं।”
दुवै जनाले अप’हरणपछि ह’त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, उनीहरूले निरजलाई बाँधेर राखेका थिए। बाँधिएको डोरी फुकालेर निरज भाग्न खोज्दा आफ्नो पहिचान खुल्ने डरले अपहरणकारीले घाँटी अठ्याएका थिए। घाँटी अँठ्याउँदा निरजको ज्यान गएको उनीहरूले प्रहरीलाई बयान दिएका छन्। त्यसपछि उनको शव स्कूलको पुरानो भवन रहेको शौचालयको सेफ्टीट्यांकमा गाडेका थिए। निरजको शव प्रहरीले पुस १० गते फेला परेको थियो।
आर्थिक अभावमा रहेका उनीहरूले पैसाका लागि नै निरजको अपह’रण गरेको पाइएको एसपी शाहले बताए। एकीकृत भन्सार चौकीका लागि बालकका बुबा श्रीरामको जग्गा लिइएको थियो। त्यस बापत श्रीरामले पाउने पैसाका लागि नै बालकको ह’त्या गरिएको शाहको भनाइ छ। उनीहरूले निरजको अप’हरण गरेको १२ दिनपछि फिरौती माग गरेका थिए। जबकि, निरजको अप’हरण गरेकै दिन ह’त्या गरिएको खुलेको छ।
उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी शाहले बताए। ह’त्यामा संलग्न एक जना फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
https://ujyaalonepalnews.com/archives/25542


