चितवन । नयाँ वर्ष २०२३ को पुर्व सन्ध्यामा भरतपुर-९,शरदपुर, चितवन स्थित फोर सिजन्स रेस्टुरेन्ट एण्ड पार्टी भेन्युमा बृहत् साङ्गीतिक कार्यक्रम “फोर सिजन्स म्युजिकल नाइट” आयोजना हुने भएको छ।
यहि पौष १५ गते शुक्रवार आयोजना हुन लागेको सो कार्यक्रममा नेपाली गीत/ सङ्गीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायकगायिकाहरु खेम सेन्चुरी, शिरीष देवकोटा,कल्पना दाहाल,सुमन थापा मगर, भुवन प्यासी आदिको प्रस्तुति रहने जानकारी कार्यक्रम संयोजक नवीन पुरीले बताए।
रोयल डान्स एकेडेमीका नृत्य कलाकारहरुको प्रस्तुति रहने सो कार्यक्रममा गुरुङ जातिको झाकी समेत रहनेछ। कार्यक्रममा पास मार्फत निशुल्क प्रवेशको ब्यबस्था गरिएको आयोजकले बताएको छ।
https://ujyaalonepalnews.com/archives/25555


