युनिक एकाडेमीमा नि:शुल्क स्वास्थ्य शिविर: ५२० जना विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

चितवन ,पौष १४- रत्ननगर-०४ स्थित युनिक एकाडेमीका विद्यार्थीहरुको विहीबार स्वास्थ्य परीक्षण गरिएको छ । युनिक एकाडेमी स्काउट ट्रुपको आयोजना, न्यू क्यापिटल कलेजको सहआयोजना तथा पुरानो मेडिकल कलेजको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५२० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको युनिकको प्राचार्य निम भूजेलले जानकारी दिए ।

शिविरमा विद्यार्थीको दाँत, आँखा, नाक, कान, घाँटी र अन्य रोगहरुको उपचार गरी औषधि समेत प्रदान गरिएको थियो । प्राचार्य भूजेलले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमै शिविर आयोजना गरेर उपचार गरिएको बताए ।

रत्ननगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा प्याब्सन रत्ननगरका अध्यक्ष पशुपति उपाध्याय, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मी, न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, युनिक एकाडेमीका निर्देशक डिल्लीराम अधिकारी, पुरानो मेडिकल कलेजका डा.सन्तोष अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ट्रुपकी स्काउट विध्यार्थी प्रेसिका सिलवालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम स्काउट प्रशिक्षक सन्तोष बस्ताकोटीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम युनिक एकाडेमीका प्राचार्य भूजेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

युनिक एकाडेमी स्काउट ट्रुपले यस अघि ट्राफिक सचेतना कार्यक्रम, वातावरण संरक्षण, महामारीको समयमा सचेतनामुलक कार्यक्रमहरु लगायतका कार्यक्रम गर्दै आएको छ। Homemade porn https://www.amateurest.com/ USA.

https://ujyaalonepalnews.com/archives/25558

Previous articleपौष १५ मा फोर सिजन्स म्युजिकल नाइट आयोजना हुँदै ।
Next articleस्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।