माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जम्कट्टेल

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन्। आज काठमाडौंमा बसेको दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले बताए।

हिजोदेखि जारी बैठकमा दल नेताका आकांक्षी धेरै भएपछि सर्वसहमति गराउन समय लागेको उनले बताए। दलका नेतामा सरल सहयात्री, युवराज दुलाल र गंगानारायण श्रेष्ठ पनि आकांक्षी थिए। बागमती प्रदेशसभामा माओवादीका २१ सांसद रहेका छन्।

https://ujyaalonepalnews.com/archives/25566

Previous articleविदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
Next articleचितवन-१ का सांसद ढकालको सम्पर्क कार्यालय उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।