कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिररहेको छ।
केहि दिन अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनेको थियो। सिंहको टोली अहिले अनुसन्धानको लागि कञ्चनपुर पुगेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सपथग्रहण लगतै निर्मलाको हत्या प्रकरण छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए।
भिनाजुसंग मिलेर बुबाको हत्या गराउन छोराले दिएका थिए पाँच लाखको ‘सुपारी’

धनुषाको मुखियापट्टी गाउँपालिका-२ मुखियापट्टी गाउँका ४० वर्षीय धनुखधारी दासलाई गोली ह’त्या गर्न उनको छोराले सुपारी दिएको खुलेको छ। बुधबार धनुषा प्रहरीले दासको हत्यामा संलग्न उनको २१ वर्षीय छोरा प्रदिप दाससहित तीनजनालाई सार्वजनिक गरेको छ। बुबाको ह’त्या गर्न छोरा प्रदीपले पाँच लाख रुपैयाँको सुपारी दिएको खुलेको धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए। ह’त्यामा संलग्न उनको छोरा प्रदिप,महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवाका ३४ वर्षीय ज्वाई उदय दास र नगराईन नगरपालिका-२ का सुटर रंजित कुमा र यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
पुस ९ गते साँझ घरमै खोलेको मोटर मर्मत ग्यारेजमा मोटर बनाइरहेको बेला दासमाथि सुटर यादवले गोली चलाइएको थियो। गोली लागेर घाइते दासको उपचारका लागि जनकपुर लान नपाउँदै बाटोमै मृत्यु भएको थियो। मृतकका छोरा प्रदिपले भिनाजुसँग मिलेर ह’त्या गराउनु अघि सुटरलाई एक लाख र ह’त्यापछि दुई लाख दस हजार दिएको बाकी रहेको रुपैयाँ डेढ महिना भित्रै दिने डिल गरेका थिए।
दासको छोरालाई उनको ज्वाईले सुटरसँग डिल गराएका थिए। उनको ज्वाई प्रदेश प्रहरी कार्यालय एमटी शाखाका हवलदार हुन्। हवलदार उदयमार्फत नै सुटरले तीन लाख रुपैयाँ लिएको पनि खुलेको छ। मृतक दासले दुईवटा विवाह गरेका थिए। प्रदिप जेठी श्रीमतीका छोरा हुन्। सम्पत्तिकै विवादका कारण उनले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुबाको ह’त्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दासले दुई वटा विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र तीन छोरी छन्। तीनै छोरीकी विवाह भैसकेको छ। उनको १८ र २१ वर्षका दुई छोरा अविवाहित छन्। मृतक दासले ढेड वर्षअघि मात्रै दोस्रो विवाह गरेका थिए। ग्यारेज र ग्यास पसल संचालन गर्दै आएका दास घरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए भने उनको जेठी श्रीमती भित्री गाउँमा रहेको अर्कै घरमा छोराहरुसँग बस्दै आएका छिन्। कान्छी श्रीमतीसँग पनि एउटी छ महिनाकी छोरी छिन्।
https://ujyaalonepalnews.com/archives/25721


