चितवन कुन ठाउँ कि हुन् दुर्घ’टनामा परेकी एअरहोस्टेस ?

चितवन । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घ’टनामा चितवन माडीका एकजनाको मृ’त्यु भएको छ । विमानको चालक दलको सदस्य रहेकी माडी-८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका (एअर होस्टेस) ओसिन आलेमगरको दु’र्घटनामा दुः-खद् नि’धन भएको हो ।

चालक दलका चार जनामध्ये एक रहेकी एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्समा भर्ती भएकी थिईन् । उनले केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् । टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । ओसिनको दुः-खद् नि’धन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शो’क छाएको छ ।

उद्धार कार्य सोमबार बिहानसम्मका लागि स्थगित

काठमाडौं : पोखराको सेती खोंचमा भएको विमान दुर्घ’टनामा हराएकाहरूको सोमबार बिहानबाट खोजी कार्य हुने भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रातको समयमा उद्धार गर्न क’ठिन हुने भएकाले भोलि बिहानैदेखि खोजी कार्य सुरु गर्ने गरी फौज घट’नास्थलमै रहेको छ।

विमान दुर्घ’टना भएको खबर पाएपछि नेपाली सेनाको टोली घ’टना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए। जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ। यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घ’टनामा सवार ६९ जनाको मृ’त्यु भएको पुष्टि गरेको छ। तीन जना ह’राइरहेका छन्।

 

 

 

https://ujyaalonepalnews.com/archives/25885

Previous articleयति एअरलाईन्समा जागिर सुरु गरेको ५ महिनामै टुंगियो चितवनकी ओसिनको यात्रा
Next articleजहाज दुर्घटनामै मृत्यु भएका श्रीमानको सपना साकार पार्न पाईलट पढेकी अन्जुको धोको अधुरै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।