यति एअरलाईन्समा जागिर सुरु गरेको ५ महिनामै टुंगियो चितवनकी ओसिनको यात्रा

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् ।

ओसिनले केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स गरेको बुझिएको छ । उनले आफ्नो सपना साकार बनाउन भने केही समय प्रतीक्षा गर्नुपरेको थियो । पहिलोपटक यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै उत्साहित थिइन् । टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।

चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् । तर, उनको उड्डयन यात्रा लामो हुन सकेन । आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनी पनि परेकी छन् ।

पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालसहित १२ जनाको पहिचान

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेमा लोकगायिका नीरा छन्त्यालसहित १२ जनाको पहिचान भएको छ । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, कोरियन नागरिक यू क्यानगुल छन् ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन गएकी नीराको विमान दुर्घटनामा मृत्यु भएको हो । बागलुङ घर भएकी उनले पोखरा जानुअघि फेसबुकमा माघे संक्रान्तिको तस्वीर राखेर शुभकामना दिएकी थिइन् । विमान दुर्घटनापछि नीरा सहभागी हुने भनिएको सांगीतिक कार्यक्रम पनि स्थगित भएको छ ।

https://ujyaalonepalnews.com/archives/25878

Previous articleहामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने
Next articleचितवन कुन ठाउँ कि हुन् दुर्घ’टनामा परेकी एअरहोस्टेस ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।