खैरहनी महोत्सवमा कलाकारको ओईरो राजु परियार र ज्योती मगरको विशेष प्रस्तुती रहने

माघ २ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा यस पटक सास्कृतिक कार्यक्रमलाई प्राथमिकता दिईएको छ । माघ ४ गतेदेखी १५ गते सम्म संचालन हुने महोत्सवमा चर्चित कलाकारहरुलाई स्थान दिईएको सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा लदरी खोला किनारमा महोत्सव हुदैछ ।

प्रत्येक दिन हुने सास्कृतिक कार्यक्रममा युवादेखी वृद्धवृद्धाहरु सम्मको रोजाईका गायकगायिकाहरुको प्रस्तुत रहने संयोजक लम्सालले वताए । कलाकारहरुको प्रस्तुती बाहेक खैरहनी डान्सिङ स्टार प्रतियोगिता पनि हुनेछ । जसको पहिलो अडिसन राउण्ड सकिसकेको छ ।

महोत्सव अवधिभर राजु परियार,मिलन लामा,प्रकाश सपुत,ज्योति मगर,प्रिति आले मगर,प्रमोद खरेल,एलिना चौहान,शान्तिश्री परियार,वाल गायक जेनिस उप्रेती,भुमिका गिरी,अस्मिता अधिकारी,निशान भट्टराई,मनोज महतो,अर्जुन सापकोटा,सुरेश लामा,सुरज कालाखेती,रितु कडेंल,मुना अर्याल,सुजन गुरुङ,सन्जिव सिंह राना,जादुगर वलराम सरकार,हास्य कलाकार पुरुषोतम भण्डारी पूर्खे बा का साथै पर्सा डान्स सेन्टर र रत्ननगर कलामन्दिरको प्रस्तुती रहने संयोजक लम्सालले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयार भएको सो महोत्सवको तयारी करिव सकिएको महोत्सवका संयोजक एवं उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । महोत्सवका लागि आवश्यक स्टल,गेट,सेल्फीजोन ,पत्राचारको काम करिव सकिएको श्रेष्ठले वताए । यस पटक दुर्लभ वन्यजन्तुको संरक्षण गर्ने उदेश्यका साथ सेल्फीजोनमा ति जनावरहरु विषेश आकर्षणका रुपमा रहने उनले वताए ।

https://ujyaalonepalnews.com/archives/25935

Previous articleथोत्रो जहाज भनेर हल्ला गर्ने नबुझ्ने हुन् , जहाज कहिल्यै पुरानो हुँदैन -विज्ञ
Next articleके गर्दैछन् भूकम्पले भत्किएको घरबाट २२ घण्टापछि उद्धार गरिएका सोनिश ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।