सातकन्या खानेपानीको ५ औं साधारणसभा; दाताहरु सम्मानित

0
50

माघ ५- रत्ननगर १६ मा रहेको सातकन्या खानेपानी तथा जल उपभोक्ता संस्थाको पाँचौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ। वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष लेखबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा युवा समाज नेपालका पुर्व अध्यक्ष केशवराज रेग्मी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

त्त्यस्तै कार्यक्रममा वडासदस्यहरु रिता बि.क, ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापा, युवा समाज नेपालकि सदस्य गीता भट्टराई, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरी पनेरु, एकिकृत बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्याल, मुनाल स्वास्थ्य शिक्षा सामुदायिक संस्थाका अध्यक्ष लक्ष्यबहादुर गुरुङ, भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष निराजन घिमिरे, सामाजिक तथा राजनैतिक व्यक्तित्व प्रकाश खनाल शैलेश लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले जनतालाई खानेपानीको सेवा दिइरहेको यो संस्थालाई सहयोग गर्न आफु संधै तत्पर रहेको बताए। मन्तव्य कै क्रममा अर्का अतिथि प्रकाश खनाल शैलेशले संस्थाले वितरण गर्ने पानी नियमित नभएको भन्दै सरकारी नीतिका कारण अब यस संस्थालाई अगाडी बढाउन कठिन रहेको बताए । ठुलो संस्थाले सेवा दिइरहेको ठाउँमा सोहि किसिमको सेवा दिने अर्को संस्थाको लागी सरकारी बजेट ल्याउन नसकिने उनले बताए । अब कछुवा घस्रे जसरी संस्था चलाउन भन्दा संस्थाको सम्पतीको उचित व्यवस्थापन गरेर पिठुवा खानेपानी संग मर्ज गर्न उनले सुझाव दिए ।

कार्यक्रममा विशिष्ट अतिथि केशवराज रेग्मी, संस्थाका पुर्व संयोजक दिलबहादुर  थापा, अतिथि समेत रहेका पुर्व अध्यक्ष विष्णुप्रसाद अर्याल, लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी संस्थाका लेखा समिति संयोजक रामहरी पनेरुले संस्थाको आयव्ययको विवरण र आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न ११ जनालाई सम्मानित समेत गरिएको थियो । सम्मानित हुनेहरुमा संस्था जन्माउन सहयोग गर्ने केशवराज रेग्मी, दाताहरु भरतराज खनाल, गोपी गुरुङ, गगन गुरुङ, खड्गबहादुर थापा, पुर्वअध्यक्षहरु विष्णुप्रसाद अर्याल, पुर्षोत्तम लामिछाने, पुर्व संयोजक दिलबहादुर थापा, कर्मचारीहरु डिगम्बर श्रेष्ठ, नजरमान तामांग र आईतराम कुमाल छन् ।

संस्थाले झन्डै ३१० घरपरिवारलाई खानेपानी वितरण गरेर वार्षिक २५ लाख कारोबार गरेको छ ।  कार्यक्रममा संस्थाका कोषाध्यक्ष बुद्धिमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका सचिव नविन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

https://www.ujyaalonepalnews.com/archives/26013

Previous articleके गर्दैछन् भूकम्पले भत्किएको घरबाट २२ घण्टापछि उद्धार गरिएका सोनिश ?
Next articleपोखरा जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार