सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष जेल

६ माघ, हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला गरेको हो ।

सासु तुलसा कुमारी थापालाई भने हत्याको मतियार ठहर गरि १० वर्षको जेल सजाय तोकेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको १ असार २०७७ मा हेटौंडा उपमहानगरपालिका ४ कर्रास्थित घरमा उनका परिवारका सदस्यहरु मिलेर विभत्स ढंगले हत्या गरेका थिए ।

सुस्मिताका श्रीमानको रुपेन्द्रको २३ असोज २०७६ मा दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रुपेन्द्रको दुर्घटना बीमाबापत आउने रकमका लागि परिवारका सदस्यहरुले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मृतक सुस्मिताको बुवा कृष्णबहादुर क्षेत्रीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध जाहेरी दर्ता गराएका थिए । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल लगायत वकिलहरुले बहस गरेका थिए ।

यो पनि पढ्नुहोस्: बिहे गरेको छ महिनामा श्रीमान् बिते, ससुराले बला’त्कार गरे, ५५ लाख पैसा पचाउन सिलौटाले हानेर मारे

https://ujyaalonepalnews.com/archives/26009

Previous articleक्यानाडा लैजानुपर्ने पाकिस्तानीलाई दलालले काठमाडौँ ल्याएर छाडीदिएपछि
Next articleसातकन्या खानेपानीको ५ औं साधारणसभा; दाताहरु सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।