Home Uncategorized रक्सी खाएर प्रहरीको हात भाँचिदिने व्यवसायी चार हजार जरिवाना तिरेर छुटे

रक्सी खाएर प्रहरीको हात भाँचिदिने व्यवसायी चार हजार जरिवाना तिरेर छुटे

कास्की : मापसे गरेर प्रहरी कुट्ने व्यवसायी चार हजार धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको इजलासबाट अटो व्यवसायी २५ वर्षीय सौरभ थापा सोमबार छुटेका हुन्।

मापसे परीक्षण गर्दा थापाले प्रहरीलाई अभद्र व्यवहार गर्नुको साथै हातसमेत भाँचिदिएको कास्कीका प्रवक्ता डीउसपी सुवास तिमिल्सिनाले जानकारी दिए। प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ५ दिनअघि थापा पक्राउ परेका थिए।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्।

पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ।

https://ujyaalonepalnews.com/archives/26162

Previous articleअस्ट्रेलियाकाे स्याहार केन्द्रमा वृद्धालाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ
Next articleप्रेम दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।