प्रेमप्रसाद आ’त्मदाह प्रकरण: उपेन्द्र महतोसँग पनि प्रहरीले बयान लियो

0
72

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आ’त्मदाह गरेका आचार्यको परिवारजनले ‘आ’त्महत्या दु’रुत्साहन’को मुद्दामा आरो’प लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलवार बयान लिइएको थियो ।

उनका अनुसार आत्म-दाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरले व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरे पछि प्रहरी महतोसँग बयान लिएको हो । आचार्यको मृत्युपछि उहाँकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन ।

सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्का सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो।

https://www.ujyaalonepalnews.com/archives/26179

Previous articleपिठुवाका भरत गुरुङ्गलाई रत्ननगर नगरपालिकाले नि:शुल्क पढाउने
Next articleकम धितो राखेर बढी ऋण प्रवाह गर्ने कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ