सन्दिप फेरी राष्ट्रिय टोलीमा; क्यानले गर्यो निलम्बन फुकुवा

काठमाडौं– नेपाल क्रिकेट संघ –क्यान)ले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको एक बोर्ड सदस्यले बताए। सन्दीपविरुद्ध नाबालिग भनिएकी एक किशोरीले बला’त्कारको आरो’पमा लगाउँदै नेपाल प्रहरीमा जाहेरी दिऐपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो।

तर, उच्च अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए। यद्यपि, उच्च अदालतको निर्णयविरुछ मंगलबार नै महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ।

यो पनि पढ्नुहोस्: सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

१७ माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बला’त्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘ हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’ एक नाबालिकालाई बला’त्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो । लामिछानेविरुद्धको बला’त्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन अवस्थामा छ ।

https://ujyaalonepalnews.com/archives/26177

Previous articleदाङका उद्यमी व्यसावयी चितवनमा
Next articleप्रेमप्रसाद आ’त्मदाह प्रकरण: उपेन्द्र महतोसँग पनि प्रहरीले बयान लियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।