काठमाडौं– रजश्वला नभएको। १६ वर्षभन्दा कम उमेरको। शरीरको कुनै पनि भागमा चोट-पटक नभएको। ट्याटु नखोपाएको। उचाई–५ फिट ४ इन्च भन्दा बढी। तौल–६० किलो भन्दा कम। सर्लक्क परेको जीउडाल। शरीरको रुपमा खोट लगाउने कुनै ठाउँ नभएको। ‘तान्त्रिक बाबा’ले यीनै गुणले भरिपूर्ण भएको किशोरी चाहियो भन्दै ‘विज्ञापन’ गरे। तान्त्रिक बाबालाई सुन्दरताले भरिएको नेपाली किशोरी चाहिएको खबर एउटा गिरोहसम्म पुग्यो। र, खोजी सुरु भयो माथि उल्लेखित गुणले भरिपूर्ण सुन्दरी किशोरीको।
नेपालमा रहेको एक गिरोहले उक्त खबर पाएको केही समयपछि एक जना सुन्दरी किशोरी गत मंसिर १७ गते वेपत्ता भइन्। मामा घर बस्दै आएकी यीनै सुन्दरताले भरिएकी एक किशोरी एकाएक गायब भइन्। किशोरीको परिचय खुल्नसक्ने भएकाले हामीले ठाउँ समेत उल्लेख गरेका छैनौं। एक महिनाभन्दा बढी, पुस १९ गतेसम्म ती किशोरीलाई एउटा गिरोहले सम्पर्कविहीन बनाएर काठमाडौंमै बन्ध’क बनाएर राख्यो। किशोरीका आफन्तलाई यसको सुईँकोसम्म दिइएन।
किशोरी वेपत्ता भएपछि आफन्तले स्थानीय प्रहरीमा खोजी गरिदिन भन्दै पुस ६ गते जाहेरी समेत दिएका थिए। सुन्दरी किशोरी भएकाले बेचबिखन गर्न भारतसम्म पुर्याइएको हुनसक्ने आं’शका भएपछि घटनाको जानकारी मानव बेच’बिखन अनुसन्धान ब्यूरोसम्मलाई दिइएको थियो। ब्यूरोमा सूचना आएको दुई दिनमै भारतबाट ती सुन्दर किशोरीलाई उद्दार गरी नेपाल ल्याइएको ब्यूरोका प्रमुख तथा एसएसपी जीवन श्रेष्ठले बताए।
मामा घरबाट वेपत्ता पारिएको महिना दिनसम्म काठमाडौंमा राखेर ती किशोरीलाई पुस २० गते भने काठमाडौंबाट भारत पुर्याउने योजनाका साथ उपत्यकाबाट बाहिर निकालिएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि गाडीमा राखेर ती किशोरीलाई सुनौली नाका हुँदै पुस २२ गते भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा पुर्याएर ब’न्धक बनाइयो। तान्त्रिक बाबाको मागअनुसार भन्दै ती किशोरीलाई बाबाको भेट समेत गराइयो। ती किशोरीलाई तस्करको समूहले भनेको थियो , ‘तान्त्रिक बाबालाई भेट गराउँछौं। यदी यहाँ खुशी हुनुभयो भने अथाह पैसा पाउने छौं।’
यही प्रलो’भनमा पारेर किशोरीलाई भारतसम्म पुर्याएको पाइएको एसएसपी श्रेष्ठले बताए। भारतमा पुर्याएपछि तीन जना फरक बाबासँग तीन पटकसम्म भेट गराइएको पाइएको छ। ब्यूरो स्रोतका अनुसार त्यतिन्जेलसम्म ती किशोरीमाथि यौ’न दुर्व्यव’हार समेत भएको पाइएको छ। तीन जना तान्त्रिक बाबाले किशोरीलाई हेरिसकेपछि अन्तिम पटक ‘सबैभन्दा ठूलो बाबा’लाई भेट गराउने योजना तय भएको थियो। ती ठूला बाबा खुशी भएमा उनलाई अथाह सम्पत्ति दिइने बताइएको थियो।
ठूलो बाबासँगको भेट आउँदो पूर्णिमा दिन राखेको पाइएको छ। तर, ब्यूरोको सक्रियतामा ती किशोरीको सबैभन्दा ठूलो बाबालाई भेट गर्नुभन्दा पहिला नै उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतको किन इन्डिया नामक संस्थासँग समन्वय गर्दा ती किशोरी दिल्ली रनहोला क्षेत्रमा ब’न्धक बनाएर राखेको अवस्थामा भेटिएको एसएसपी श्रेष्ठले बताए। रनहोलाअन्तर्गत बापरुल्ला क्षेत्रको गली नम्बर २ बाट उनको उद्धार गरिएको हो।
ती किशोरीलाई नेपालबाट बन्ध’क बनाएर भारतमा पुर्याएर तान्त्रिक बाबासँग भेट गराएको आ’रोपमा प्रहरीले ६ जनालाई समेत पक्राउ गरेको छ। यो घटनामा संलग्न अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको विवरण सार्वजनिक गरेको छैन। उद्धार गरिएकी किशोरीलाई भने सामाजिक संस्थाको जिम्मा लगाइएको छ। यी सुन्दर किशोरीलाई भारत किन पुर्याइयो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। ब्यूरो स्रोतका अनुसार ती किशोरीलाई भारत पुर्याउनुको पछाडि दुई वटा कारणहरू रहेका छन्। पहिलो, बली दिने र अर्को यौ’न शो’षण।
तान्त्रिक बाबाको डिमान्ड भन्नु, बाबालाई भेट गराउनु र पूर्णिमाका दिन सबैभन्दा ठूलो बाबालाई भेट गराउने योजना राख्नुले बली दिनका लागि सुन्दरी किशोरीलाई भारत पुर्याइएको विश्लेषण प्रहरीले गरेको छ। यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरेकाले यो पनि त्यही बलीसँग जोडिएको हुनसक्ने प्रहरीको आ’शंका छ। अकोतर्फ भने यौ’न शोष’णका लागि पनि लगिएको हुनसक्ने आशं’का गरिएको छ। भारतमा राखेको बेलामा ती किशोरीमाथि यौ’न दुव्य’र्वहार समेत भएको पाइएकाले यौ’न शोष’णका लागि लगिएको हुनसक्ने आशं’का गरिएको छ।
सो प्रकरणमा पक्राउ परेकाहरूले भने आफूहरूको काम किशोरीलाई भारत पुर्याएर तान्त्रिक बाबाको सम्पर्क गराउने मात्रै भएकाले के प्रयोजनाका लागि हो भन्ने थाहा नभएको बताउँदै आएका छन्। प्रहरीले भने यो प्रकरणमा तान्त्रिक बाबा भनिएका व्यक्तिसम्म अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धान अघि बढाएको छ। सुन्दर किशोरीलाई ब’न्धक बनाएर एक ठाउँबाट अर्को ठाउँ सार्दै भारतसम्म पुर्याएकाले मानव बे’चबिखन तथा ओसारपसारको कसूरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ। नारायण अधिकारीले तयार गर्नुभएको यो सामाग्री हामीले नेपाललाईभ डटकम बाट साभार गरेका हौँ !
https://ujyaalonepalnews.com/archives/26241


