कालिकाका ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य उपचार सेवा सुरु

कमल राज ढकाल / चितवन – कालिका नगरपालिकाले  जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घर-घरमा पुगि स्वास्थ्य सेवा सुरु गरेको छ। सो नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका ब्यक्तिहरुको  घरघरमा गई स्वास्थ्य परीक्षण तथा औषधी वितरण सुरु गरेको हो।

कार्यक्रमको बुधबार कालिका ४ पिपरियामा आयोजित एक कार्यक्रमका विच उपमेयर विमला तामाङले उदघाटन गरिन्।  उदघाटन संगै कालिकाको ११ वटै वडामा यो सेवा शुभारम्भ भएको छ। सेवा प्राप्त गर्ने व्यक्तिहरुलाई कालिका नगर अस्पतालबाट ३५० प्रकारका औषधीहरू नि:शुल्क वितरण गरिनेछ।

कार्यक्रमबाट कालिकाका ११ वटै वडामा रहेका ६४२ जना ८० वर्ष माथिका जेष्ठ नागरिक र ६० जना रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित हुने उपमेयर विमला तामाङले बताईन् ।

https://ujyaalonepalnews.com/archives/26278

Previous articleजय पाथीभरा माता, आजको तपाईंको दिन कस्तो छ? ( राशिफल )
Next articleकिन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।