अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

भरतपुर, चितवन।भरतपुर-१०, हाकिमचोक अवस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सु-सम्पन्न भएको छ।

संचालक समितिका अध्यक्ष श्री आकाश पौडेलको अध्यक्षतामा सु-सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष श्री बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख श्री रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष श्री लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष श्री भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बाबुराम खनाल रहनुभएको थियो।

विद्यालयका सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।

विशिष्ट अतिथिगण प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष श्री बद्री तिमिल्सिना तथा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त समारोहमा वार्षिक मुखपत्र ‘सुनगाभा: विशेषांक -७’ लोकार्पण गरिएको थियो। यसैगरी, जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणमा ‘ह्याण्डिक्य्राफ्ट एक्स्पो’, ‘फुड फेस्ट’ ‘विज्ञान पर्दर्शनी’ आदि रहेका थिए।

सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए। स्काउट ट्रुपको मार्च पास र तेक्वाण्डो खेलाडीका रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो। साथै, विशेष पुरस्कारद्वारा विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए।

औपचारिक सत्र र सांस्कृतिक कार्यक्रम क्रमश: शिक्षकद्वय मनोज पन्त र प्रतीक्षा श्रेष्ठले गरेका थिए।

https://ujyaalonepalnews.com/archives/26388

Previous articleक्यान्टिनमा खाजा बनाएर डेरा हिँडेकी सुमित्रा बेपत्ता, बाटोमा सल भेटियो
Next articleभाईरल म्यान डिल्लीराम खनाल पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।