क्यान्टिनमा खाजा बनाएर डेरा हिँडेकी सुमित्रा बेपत्ता, बाटोमा सल भेटियो

यो समाचार अडियोमा सुन्नुहोस् 

नवलपुर । नवलपुरको गैँडाकोटबाट ३६ वर्षीया महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ आवस घर भै लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

बुधवार विहान साढे ५ नमुना मावि अगाडि बाट हराएकी सुमित्रको अवस्था यो समाचार तयारपार्दा सम्म अज्ञात नै छ । एकाविहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै क्यान्टिनबाट निस्केको उनका श्रीमान अम्बिकाप्रसाद ज्ञवालीले बताए ।

डेरामा पुगेको लामो समयसम्म पनि श्रीमती क्यान्टिनमा नआएपछि उनले श्रीमतीको मोबाईलमा फोन सम्पर्क गरे तर श्रीमतीको फोन अफ भै- सकेको थियो । श्रीमतीको खोजि गर्ने क्रममा नमुना मावि अगाडिको मुल सडकमा सुमित्राको सल भेटिएको थियो । सुमित्राका १५ वर्षीया छोरी र १३ वर्षका छोरा नमुना माविमा अध्ययनरत छन् ।

सुमित्रा लामो समयसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनका श्रीमानले उनको अवस्था पत्ता लगाउन भन्दै प्रहरीमा निवेदन दर्ता गराएका छन् । आफन्त छरछिमेक सहित सम्भावित सबै स्थानमा फोन सम्पर्क र खोजि गरिए पनि उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । ईलाका प्रहरी कार्यलय गैंडाकोटले हराएकी सुमित्राको खोजी कार्य जारी रहेको बताएको छ ।

https://ujyaalonepalnews.com/archives/26385

Previous articleबस दुर्घटना : ३ जनाकाे ज्यान गयाे, २३ जना घाइते
Next articleअर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।