४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५०० पाइलट चाहिने

यो समाचारलाई अडियोमा सुन्नुहोस् 

काठमाडौं । भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ ।

यी दुई कम्पनीबाट आउने सयौं जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

इकोनोमिक टाइम्सका अनुसार ४७० वटा नयाँ जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी पाइलटको आवश्यकता पर्नेछ । कम्पनीले थप ३७० जहाज अर्डरको योजना बनाइरहेको छ । यस अनुसार कम्पनीले ८४० वटा नयाँ जहाज थप्नेछ ।

यो विश्वको इतिहासमै सबैभन्दा ठूलो अर्डर मध्येको एक हो । अहिले एयर इण्डियासँग ११३ वटा जहाज रहेका छन् । यी जहाज उडाउन १ हजार ६ सय पाइलटले काम गरिरहेका छन् ।

यो कम्पनीसँग दुई सहायक कम्पनी एयर इण्डिया एक्सप्रेस र एयर एशिया इण्डिया रहेका छन् । जससँग ५४ वटा जहाज र ८५० पाइलटले काम गरिरहेका छन् ।

संयुक्त लगानीमा सञ्चालित विस्तारा एयरसँग ५३ वटा जहाज र ६ सय भन्दा बढी पाइलट रहेका छन् । एयर इण्डियाले नयाँ जहाज अर्डरमा एयरबसतर्फ २१०, ए३२०/३२१, एनईओ/एक्सएलआर, ए३५०-९००/१००० समावेश छन् । बोइङतर्फ १९० ७३७-म्याक्स, २० ७८७ र १० ७७७ लगायत छन् ।

ए ३५० मोडलका जहाहहरु लामो दुरीका जहाज हुन् । यी जहाजले एक साथ १६ घण्टाभन्दा लामो उडान गर्न सक्छन् । यस्ता जहाजलाई प्रति विमान ३० पाइलट (१५ कमाण्डर र १५ फर्स्ट अफिसर) चाहिन्छ ।

यस अनुसार ए ३५० मोडलका जहाज उडाउन मात्र १२ सय पाइलट आवश्यक पर्ने बताइएको छ । एक बोइङ ७७७ उडाउन प्रतिदिन २६ जना पाइलट चाहिन्छ ।

https://ujyaalonepalnews.com/archives/26398

Previous articleनेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा
Next articleचितवनमा भर्खरै सरुवा भएर आएका एसपी र डिएसपीलाई रत्ननगरमा स्वागत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।