चितवनमा भर्खरै सरुवा भएर आएका एसपी र डिएसपीलाई रत्ननगरमा स्वागत

0
43

यो समाचार अडियोमा सुन्नुहोस् 

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की र ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्कालाई स्वागत तथा सम्मान गरेको छ । संघले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी एसपी कार्की र डिएसपी खड्कालाई स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले व्यवसायिक सुरक्षाका लागि चितवन जिल्लाको पहिचानको रुपमा रहेको पोल्ट्री, माछा, तरकारी, मह, दुग्ध लगायतका खाद्यान्नबालीको प्रवद्र्धन र सम्वद्र्धनका लागि भारतबाट अवैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहित गर्नका लागि पहल गर्न आग्रह गरेका थिए ।

व्यवसायीहरुले अबैध रुपमा संचानल रहेको व्यवसायीको नियन्त्रण, जथाभावी सवारी चेकजांच लगायतको विषयमा ध्यानकर्षण गराइएका थिए । संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले आगामी वर्ष हुने रत्ननगर महोत्सवको उद्देश्य तयारी र सुरक्षाको विषय ध्यानाकर्षण गराउदै स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरी संघका निर्वतमान अध्यक्ष राजाराम रेग्मीले संघका गतिविधि सहित व्यवसायिक सुरक्षाका विषयमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए । कार्यक्रममा एसपी कार्कीले निजी क्षेत्रसंग सहकार्य गरी अवैध रुपमा भित्रिने सामाग्रीहरुको नियन्त्रण, एक सिंगे गैडाको संरक्षण, चोरी सिकारी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा जांचकडाइ गर्ने बताए ।

सो कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु र विभिन्न बस्तुगत समितिका अध्यक्ष एवम प्रतिनिधिहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघका कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/26413

Previous articleविवाह भएको दुई महिनामै कृष्णबहादुरले गरे श्रीमतीकाे हत्या
Next articleपार्टीले कारबाही गर्ने भएपछी एमाले छोड्दै दुर्गा प्रसाईं