यो समाचार अडियोमा सुन्नुहोस्
बाइबलमा येशू ख्रीष्टले गरेको कुरालाई नक्कल गर्ने प्रयासमा मोजाम्बिकका एक पास्टरको ४० दिनसम्म उपवास बसेर मृत्यु भएको छ। मनिकाको मध्य प्रान्तमा रहेको सान्ता ट्रिन्डेड इभान्जेलिकल चर्चका पास्टर र संस्थापक फ्रान्सिस्को बराजाहको मृत्यु बुधबार पुष्टि भएको हो।
लामो समय निराहार बसेर गम्भीर बिरामी भएका उनको बेइरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । २५ दिनको व्रत बसेपछि उनको उठ्न, नुहाउन वा हिँड्न सामर्थ्यता गुमेको थियो। उनि उभिन पनि नसक्ने गरि दुब्लाएका थिए ।
केही दिनपछि आफन्त र विश्वासीहरूको आग्रहमा ३९ वर्षीय ति पास्टरलाई अस्पताल लागिएको थियो तर स्वास्थ्यमा ल्याउने प्रयास असफल भयो।
उनको चर्चका विश्वासीहरू र उनका छिमेकीहरू उनको यस्तो हर्कतले अचम्ममा परेका छन् ।
https://ujyaalonepalnews.com/archives/26431


