सभामुख सापकोटालाई नागरिक अभिनन्दन

सिन्धुपाल्चोक, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई सिन्धुपाल्चोकमा शनिबार नागरिक अभिनन्दन गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका र गैर सरकारी संघसंस्थाहरूले संयुक्त रूपमा सभामुख सापकोटालाई नागरिक अभिनन्दन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले देश भक्ति र सदाचारमा आफूले कहिले पनि सम्झैता नगर्ने प्रतिवद्धता जाहेर गरे ।

उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

यसैगरी सभामुख सापकोटाले सभामुख पद कुनै पार्टी विशेषको नभई सिंगो मुलुक र जनताको साझा पद हुने भएकोले आफ्ना कार्यकालमा कसैलाई पाखा र काखा नगर्ने बताए ।

The post सभामुख सापकोटालाई नागरिक अभिनन्दन appeared first on Koshi Online.

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

Previous articleप्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ सार्बजनीक
Next articleललिता निवास प्रकरण : कांग्रेस नेता सिहं भन्छन्, ‘मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गा धनी पनि दोषी हुन्’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।