यो समाचार अडियोमा सुन्नुहोस्
८ फागुन, भरतपुर- उद्योग वाणिज्य संघ–चितवनले चितवनका विभिन्न सरकारी निकायहरुमा सरुवा भई आएका कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । सोमवार संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी चितवनका प्रमुख जिल्ला अधिकारी, चितवनका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई सयुक्त रूपमा स्वागत गरिएको हो
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्रप्रहरी बल नेपाल हेडक्वाटर चितवन नं. १७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शशि पाण्डेलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवन र चितवनका सरकारी कार्यालयहरुको सम्बन्ध सुमधुर रहेको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवन आर्थिक, सामाजिक एवम् रणनैतीक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउदै यँहाका उधोगव्यवसायलाई सुदृढ पार्न आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता व्यक्त गरे । उनले ‘चितवनमा रात्रीकालीन व्यवसाय सञ्चालनको लागि व्यवसायिक संघसंस्थाहरूको समन्वयमा निश्चित क्षेत्र पहिचान गरी सञ्चालन गर्ने’ बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले व्यावसायीहरूका गुनासा र समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम आयोजना गर्न लागेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर चितवन नं. १७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शशि पाण्डेले सुरक्षा देख्ने भन्दा पनि महशुस गर्ने कुरा भएकोले व्यवसायीहरूको लागि सुरक्षित वातावरण सृजना गर्नको लागि प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायतको उपस्थिति रहेको संघका कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी दिए । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।
https://ujyaalonepalnews.com/archives/26487


