स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित, सिरिज क्लिन स्वीप

यो समाचार अडियोमा सुन्नुहोस् 

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । योसँगै नेपालले त्रिदेशीय सिरिजमा चार खेलमा चारै खेल जित निकालेको हो । यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।

कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका हुन् । हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।

तर यसअघिका म्याचको तुलनामा कठिन पीचमा नेपाली ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे । कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाउन पुग्यो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।

Happy New year 2080

https://ujyaalonepalnews.com/archives/26480

Previous articleगैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु
Next articleचितवनका कार्यालय प्रमुखहरूलाई उधोगवाणिज्य संघको स्वागत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।