दाउराले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

भरतपुर महानगरपालिका–११ ग्णेशस्थानमा छोराले मादक पदार्थ सेवन गरी दाउराले हानेर आफ्नै आमाको हत्या गरेका छन् । चितवन प्रहरीको अनुसन्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले हत्या गरेका हुन्

मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर लाशको मुचुल्का उठाएको थियो ।

आमा छोराबीच बिवाद हुँदा लाठी (दाउरो) ले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । तत्काल घटना स्थलबाट फरार अभियुक्त पुरन घलेलाई खोजतलास गर्दा आज बिहीबार बिहान घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26525

Previous articleरत्ननगरमा सरकारी स्तरबाट पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु
Next article४ वर्षको बच्चालाई जब कुकुरको हुलले लुछिलुछी मार्यो ( भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।