४ वर्षको बच्चालाई जब कुकुरको हुलले लुछिलुछी मार्यो ( भिडियो)

यो समाचार अडियोमा सुन्नुहोस् 

उज्यालो नेपाल- सामाजिक संजालमा यतिबेला एउटा भिडियो निकै भाईरल छ । सडकमा हिंडिरहेका एक बालकलाई सडक कुकुरहरुको जत्थाले आक्रमण गरेको सिसिटिभी फुटेज सामाजिक संजालमा भाईरल भएको हो ।

घटना हाम्रै छिमेकी देश भारतको हो । भारतको हैदरावादको रहेको भारतिय संचार माध्यमहरुले जनाएका छन् । अपारमेन्टको पार्किंगमा एक्लै हिंडिरहेका बालकलाई तीनवटा कुकुरले आक्रमण गरेर लछारपछार गर्छन । कुकुरको आक्रमणबाट भुईंमा लडेका बालकलाई कुकुरहरुले घिसार्दै लागेको भिडियोमा देख्न सकिन्छ ।

संचारमाध्यमका अनुसार ति बालकका पिता सोहि अपारमेन्टमा सेक्युरिटी गार्डको काम गर्छन । बालक रोएको सुनेपछि दौडेर गएका उनका पिताले बालकलाई तुरुन्त अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो । घटना गत आईतबारको हो ।

भिडियो 

https://ujyaalonepalnews.com/archives/26529

Previous articleदाउराले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
Next articleजंगली हात्तीको आक्रमणमा परी सन्तलालले ज्यान गुमाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।