पिठुवाका २०० विद्यार्थीलाई ट्राफिक नियम र लागूऔषध न्यूनिकरण सम्वन्धी सचेतना

उज्यालो नेपाल – रत्ननगर पिठुवाका २०० बढी विद्यार्थीहरुलाई ट्राफिक नियम तथा लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतना प्रदान गरिएको छ।

वडा नं १६ कार्यालयको आयोजनामा आसपासका तिनवटा विद्यालयका विद्यार्थीहरूको लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा भद्रकाली मावि, जनजागृति मावि र भानु मेमोरियल आवासीय माविका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ट्राफिक नियमहरु भनेको के के हुन, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडक दुर्घटनाका कारणहरु र दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको सहजकर्ता प्रहरी नायब निरीक्षक कृष्णज्यु ठकुरीले बताए ।

यसैगरी कार्यक्रमको अर्को सत्रमा विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन र यसबाट बच्न केके गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण प्रदान गरिएको थियो।

किशोरावस्थाका स्कुले विद्यार्थीहरु सँधै कुलतको जोखिममा हुने भएकाले विद्यार्थीहरूको लागी सचेतना कार्यक्रम आयोजना गरेको वडाध्यक्ष हेमराज थापाले बताए। कार्यक्रममा वडा सदस्यहरु रिता विक, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, भद्रकाली माविका प्रधानाध्यापक तिलक कुँवर लगायतको उपस्थिति रहेको थियो।

 

https://ujyaalonepalnews.com/archives/26541

Previous articleबुढेसकालमा एक्लो भएपछी ८४ वर्षका वृद्ध कुलानन्दले विवाह गरे ( भिडियो)
Next articleजंगली हात्तीको आक्रमणबाट चितवनमा विदेशी पर्यटकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।