‘आफ्नै च्वास्स झोल मःम’ को चौथो शाखा रत्ननगरको टाँडीचोकमा सुरु

यो समाचार अडियोमा सुन्नुहोस् 

निराजन घिमिरे – रत्ननगरको टाँडीचोकमा ‘आफ्नै च्वास्स झोल म:म’ को शाखा संचालनमा आएको छ । विगत चार वर्षदेखि चितवनको विभिन्न तिन ठाउँमा संचालित ‘आफ्नै च्वास्स झोल म:म’ को चौथो शाखा टाँडीचोकमा संचालनमा आएको हो ।

म:मको भरतपुरमा तिन ठाउँमा शाखा संचालनमा रहेको संचालक प्रकाश डल्लाकोटीले बताए । नेपालमा खाजाको रुपमा सर्वाधिक रुचाईएको म:म मा राम्रो सम्भावना देखेर यो व्यवसायमा हात हालेको डल्लाकोटी सुनाउँछन्।

व्यवसाय र अन्य प्रायोजनका लागी साउथअफ्रिका, कतार, चिन लगायत देशको भ्रमण गर्दा आफुले नेपाली म:म प्रतिको क्रेज राम्रो देखेको उनले बताए । ‘आफ्नै च्वास्स झोल म:म’ को विशेष मौलिक स्वादका कारण ग्राहकहरुको रोजाईमा पर्न सफल भएको उनि बताउँछन् ।

बोसो रहित किमाबाट बनाईएको म:म र काजु, बदाम, तिलको छोप, लप्सीको धुलो आदिको मिश्रणबाट बनाइएको झोल अचार नै ‘आफ्नै च्वास्स झोल म:म’ को विशेषता हो। मुख्य परिकार म:म भएता पनि आफु कँहा नान, तन्दुरी, बर्गर, पिज्जा लगायतका परिकार पाईने डल्लाकोटीले जानकारी दिए ।

जो सुकैले जुनसुकै बेला पनि अवलोकन गर्न सक्ने ‘ओपन किचन’ रहेको म:ममा बर्थडे लगायतको साना ईभेन्टहरु गर्नको लागी स्थान पर्याप्त रहेको डल्लाकोटीले बताए ।

 

https://ujyaalonepalnews.com/archives/26565

Previous articleबैरिया माविका ५१३ जना विद्यार्थीको आँखा परीक्षण
Next article‘विश्वास’ गर्दा सुकुम्बासी बनेकी सितादेवी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।