१३ फाल्गुण, चितवन । होटल ब्यबसायी संघ चितवन ,माडी इकाईले आयोजना गरेको एक हप्ते ब्यक्तित्व विकास एवम् उदघोषण तालिम सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ , चितवनको आर्थिक सहयोगमा संचालित सो तालिमको समापन समारोहमा माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठ सभापति,माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महत्तो प्रमुख अतिथि,माडी-३ का वडा अध्यक्ष पुरण चौधरी,होटल ब्यबसायी संघ,चितवनका अध्यक्ष केशब हडखोले बिशिस्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक नारायण सुबेदीले दिएका थिए। माडी बसन्तपुर स्थित होटल प्याराडाइजमा संचालन गरिएको सो तालिम मनोज पन्त र करिश्मा थापाले प्रदान गरेका थिए।
तालिम समापन समारोह प्रशिक्षार्थीहरुले संचालन गरेका थिए भने अब यहि फाल्गुण महिना भित्र होटल ब्यबसायी संघ,चितवन माडी इकाईले २० जनाको लागि कुक सम्बन्धि तालिम संचालन गरिने अध्यक्ष गोपाल श्रेष्ठले बताए।
https://ujyaalonepalnews.com/archives/26577


