पिएचडी, सुसासनको तक्मा पछि केपी ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड, सामाजिक सञ्जालमा कुरीकुरी !

0
124

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे ।

आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी नेतृत्व सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो भने नेपालका व्यवस्थापकहरुको छाता संंगठन नेपाल व्यवस्थापन संघ यसको सक्रिय सदस्य छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत लगायतका देशका विश्व विद्यालयलले चार मानर्थ पिएचडीको उपाधि दिएका छन् । यस्तै एसिया प्यासेपिक समिट नामको कार्यक्रममा ओलीलाई सुशासन अवार्ड समेत दिइएको थियो। उक्त अवार्ड दिने संस्थाले गरेको कार्यक्रम ‘होली वाइन’ काण्डकारुपमा परिचित छ। ओलीले अहिले दूरद्रष्टा नेता तथा राष्ट्र निर्माणको अवार्ड पाएसपछि समाजिक सञ्चालमा व्यंग्य गर्न थालिएको छ।

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

Previous articleअल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
Next articleविष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !