विष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !

Click Image

काठमाडौं – बालुवाटारको ललिता निवास क्षेत्रको सरकारी जग्गा आफ्नो नाममा गरेको पाइएपछि सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको जग्गा खोसेको छ ।

पौडेलसँगै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको सरकारी जग्गा खोसिएको हो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गाधनीको सनाखतपछि सरकारले रेग्मी र पौडेलको नाममा रहेको जग्गा खोसेको जनाइएको छ । पौडेल र रेग्मीले अख्तियारमा बयान दिँदै सरकारलाई जग्गा फिर्ता गर्न मञ्जुरी दिएका थिए ।

काठमाडौंको भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले दुवैको नामको जग्गा सरकारीकरण गरेको छ । जग्गा फिर्ता गर्ने मञ्जुरी दिएपछि दुवैमाथि मुद्दा नचलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्ट पार्दै आएको छ ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि विशेष अदालतमा मुद्दा चलेपछि कांग्रेस विरोधमा उत्रिएको छ । विष्णु पौडेलका छोरालाई छुट दिइएपछि सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

१०६ वर्षीया वृद्धाबाट मतदान

Previous articleपिएचडी, सुसासनको तक्मा पछि केपी ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड, सामाजिक सञ्जालमा कुरीकुरी !
Next articleतिलोत्तमामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।