नारायणी पुलबाट हाम फालेका २० वर्षिय मनिषको सकुशल उद्धार

0
63

काठमाडौँ -चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो रहेका छन्। महतोले सोमबार नदीमा हाम फालेका थिए।

उनले हाम फालेको थाहा पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम(आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीब १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो। उद्धार पश्चात उनलाई उपचारको लागि अस्पताल पठाइएको बताइएको छ ।

यो पनि : मर्स्याङ्दीमा बेपत्ता भएका मदन घिमिरेको शव प्रहरीको गोताखोरले निकाल्यो, तनहुँ । जिल्लाकोे आबुखैरेनी गाउँपालिका– ४ स्थित मर्स्याङ्दी नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

आबुखैरेनी गाउँपालिका– ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि बेपत्ता थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो । उनको शव आज नदीबाट निकालिएको हो ।

उनी हराएको जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गरेका थियो । उनको शव झोलुङ्गे पुलमुनि पानीभित्र फेला पारी आज बाहिर निकालेको हो । मृतक घिमिरेको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/26632

Previous articleपिठुवाका २०० विद्यार्थीलाई ट्राफिक नियम र लागूऔषध न्यूनिकरण सम्वन्धी सचेतना
Next articleफागुन १८ गतेदेखि कान्ति लोकपथमा आवागमन बन्द