कालिकाका नगरप्रमुखलाई मानव अधिकार समुहको ज्ञापनपत्र

उज्यालो नेपाल- कालिका नगरपालिका मानवअधिकार समुहले नगरप्रमुख विनोद रेग्मीलाई ज्ञापनपत्र  बुझाएको छ । मानवअधिकारका सवाललाई स्थानिय सरकार मार्फत सम्बोधन गरि मानवअधिकार मैत्री नगर निर्माण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको समूहकी अध्यक्ष निर्मला थापाले जानकारी दिईन् ।

ज्ञापनपत्रमा विभिन्न ११ वटा बुँदामा नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । समुहले कालिकाको ११ वटै वडामा फोहोर व्यवस्थापनको व्यवस्था नभएको, अपाङ्गमैत्री विद्यालय नभएको, सरकारी कार्यालयहरुमा नागरिक वडापत्र नभएको, सार्वजनिक यातायातको राम्रो प्रवन्ध नभएको लगायत समस्याहरुको पहिचान गरेको बताएको छ ।

त्यस्तै विद्यालयहरुमा सेनिटरी प्याडको वितरण आवश्यकताको आधारमा नभएको, डम्पिङ साईटको व्यवस्था नभएको, स्वास्थ्य केन्द्रहरुमा नि:शुल्क पाउनुपर्ने औषधीहरु नपाईएको र आर्थिक अभावको कारण बालबालिकाहरु आधारभूत शिक्षाबाट समेत बन्चित भएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/26646

Previous articleकर्मचारी अभाव हुँदा कालिका नगरपालिकामा सेवाप्रवाहमा समस्या
Next articleभरतपुरमा जुत्ता चप्पल मेला २०७९ सुरु, स्वदेशी उत्पादन प्रयोग बढ्ने विश्वास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।