प्रदेश नामाकरणको खुशीयालीमा सार्वजनिक विदा

काठमाडौँ — कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश नामकरणका लागि बुधबार भएको मतविभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए ।

https://ujyaalonepalnews.com/archives/26660

Previous articleभरतपुरमा जुत्ता चप्पल मेला २०७९ सुरु, स्वदेशी उत्पादन प्रयोग बढ्ने विश्वास
Next articleत्रिदेशीय क्रिकेट श्रृंखलाः आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।