त्रिदेशीय क्रिकेट श्रृंखलाः आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज घरेलु टोली यूएईसँग खेल्दैछ। खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ।

लिग टुमा लगातार पाँच खेल जितेको नेपाल उत्कृष्ट लयमा छ। आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ। शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो।

आजको खेलमा नेपालका लेग स्पीनर सन्दिप लामिछाने पनि खेल्नेछन्। सर्वोच्च अदालतले विदेशमा खेल्न अनुमति दिएपछि सन्दिप हिजै युएई उडेका हुन्।

नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । मंगलबार भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो ।

नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ।

https://ujyaalonepalnews.com/archives/26662

Previous articleप्रदेश नामाकरणको खुशीयालीमा सार्वजनिक विदा
Next articleयुट्युबलगायत सामाजिक सञ्जालमा अन्टसन्ट बाेलेर चर्चामा आएकी शर्मिला वाइबाले विष सेवन गरिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।