रत्ननगरमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु; पहिलो खेलमा वडा नं. १४ विजयी

यो समाचार अडियोमा सुन्नुहोस् 

उज्यालो नेपाल- रत्ननगरको वडा नं १५ मा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । माधवपुर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरुभएको हो । शनिवार एक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरे ।

 

उद्घाटन समारोहमा बोल्दै मेयर सापकोटाले नगरपालिकाले विकासनिर्माण संगै खेलकुदलाई पनि उत्तिकै महत्व दिएको बताए । वडा स्तरमा हुने विभिन्न खेलका प्रतियोगिताहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी जन्माउने उनको भनाई छ । खेलकुदले मान्छेलाई अनुशासित बनाउने भन्दै उनले युवाहरुलाई कुलतमा फस्नबाट खेलकुदले जोगाउन सक्ने बताए ।

उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले समग्र नगरको खेलकुदको विकासको लागि माधवपुरमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको भन्दै यसले खास अर्थ राख्ने बताए । वडा कार्यालयले जग्गा भाडामा लिएर तयार गरेको मैदानमा प्रतियोगिता सुरु भएको हो । मैदानको आजै मेयर सापकोटाले रिवन काटेर उद्घाटन गरे । उद्घाटन समारोहमा कृष्ण पन्त र बाबुराम पोखरेलको नेतृत्वमा रहेको अन्नपूर्ण भजन समुहले भजन चुट्का मार्फत अतिथि तथा खेलाडीहरुलाई स्वागत गरेको थियो ।

१६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार र दोस्रो हुने टिमले ३० हजार ५०० नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु वालकृष्ण चापागाईँ, कुलप्रसाद सापकोटा, होमनाथ रानाभाट, हेमराज थापा, वडा नं. १५ का वडा सदस्यहरु शिव प्रसाद तिवारी, इम प्रसाद पन्त, लिला देवी पोख्रेल, रुक माया परियार, वडा भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, टोलविकासका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो। लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक वडा नं. १५ लाई वडा नं. १४ ले ट्राईब्रेकरमा ४-३ ले पराजित गरेको छ । खेलको निर्धारित समयमा दुवै टिमले २-२ गोल प्रहार गरेपछि खेलको नतिजा ट्राईब्रेकरबाट  निर्धारण गरिएको थियो । वडा नं. १५ को लागी सुमित दुवाडी र मनिस मग्रातिले १/१ गोल गरे । त्यस्तै खेलमा वडा नं. १४ को लागी अन्जन रेग्मी र भूषण श्रेष्ठले १/१ गोल गरेका थिए ।

 

दुबै टिमको उत्कृष्ट प्रदशनको बाबजुत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा टाईब्रेकरमा वडा नं. १४ ले वडा नं. १५ लाई  ४-३ ले निराश बनायो । खेलमा वडा नं. १४ का खेलाडी अमृत श्रेष्ठ  म्यान अफ दि म्याच घोषित भए । अब प्रतियोगितामा भोलि आईतबार वडा नं. ७ र वडा नं. ९  भिडने छन् ।

 

https://ujyaalonepalnews.com/archives/26708

Previous articleव्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा संघीयता खारेजी र हिन्दुराष्ट्र कायम गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन
Next articleरत्ननगर १६ का किसानलाई पशुपालन सम्वन्धी प्रशिक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।