रत्ननगर १६ का किसानलाई पशुपालन सम्वन्धी प्रशिक्षण

0
36

उज्यालो नेपाल- रत्ननगर वडा नं. १६ का पशुपालक किसानलाई पशुपालन सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । १६ नं. वडा कार्यालयको आयोजनामा २० लिटर भन्दा बढी दुध उत्पादन गर्ने किसानहरुको लागी पशु आहार र पशु स्वास्थ्य सम्वन्धी प्रशिक्षण प्रदान गरिएको हो  ।

प्रशिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि समेत रहेका वडा नं. ३ का वडाध्यक्ष तथा नगरपालिकाका आर्थिक विकास समिति संयोजक सोहेन्द्रराज खरेलले नगरपालिका किसानहरुको हितमा दत्तचित भएर काम गरिरहेको उल्लेख गरे । दुध र घाँस खेतीमा अनुदानको लागी नगरपालिकाले काम गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि रहेका जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसान आफै पनि सचेत हुनुपर्ने कुरामा जोड दिए । राज्यले किसानकै निम्ति करोडौं लगानी गरिरहेको तर किसान अवसर पाउने ठाउँमा जान छोडेर वडाध्यक्ष र सहकारीका अध्यक्षलाई गाली गरेर बसिरहेको बताए ।  टिकटक हेरेर बस्न फुर्सद हुने तर कृषि सम्वन्धी सुचना हेर्न किसान संग समय नभएको भन्दै उनले व्यंग प्रहार गरे ।

त्यस्तै कार्यक्रमका सभापती वडाध्यक्ष हेमराज थापाले सबै किसानलाई सकारात्मक भईदिन आग्रह गरे । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै थापाले किसानको उत्पादन बढाउन कार्यक्रमको आयोजना गरिएको बताए । प्रशिक्षण कार्यक्रममा वडाभित्र रहेका तिन वटा सहकारीका अध्यक्ष, व्यवस्थापक र कृषक गरि झन्डै ७० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, पशु शाखा प्रमुख शालिकराम पौडेल, भद्रकाली डेरीका अध्यक्ष युवराज थापा, वडासचिव जयन्ती पाण्डे लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई भरतपुर महानगरपलिकाका पशु विकास अधिकृत डा. सन्तोष घिमिरेले सहजीकरण गरेका थिए । पशुपंक्षी सेवा कार्यालयका प्रमुख सुन्दर बस्नेतले संचालन गरेको कार्यक्रममा पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्रि प्रसाद अर्यालले स्वागत मन्तव्य राखेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/26719

Previous articleनारायणी पुलबाट हाम फालेका २० वर्षिय मनिषको सकुशल उद्धार
Next articleतीनजना साथी संग सौराहा घुम्न आएका सन्देशको शव राप्ती नदिमा भेटियो