तीनजना साथी संग सौराहा घुम्न आएका सन्देशको शव राप्ती नदिमा भेटियो

0
62

२१ फागुन, चितवन । काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

Ujyaalo Jobs Banner

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ ।

उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो । उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

होलि विशेष शुभकामना फोटोहरुको लागी यँहा क्लिक गर्नुहोस 

Happy Holi Wishes Messages SMS Status Fagu Purnima in Nepali

https://www.ujyaalonepalnews.com/archives/26723

Previous articleरत्ननगर १६ का किसानलाई पशुपालन सम्वन्धी प्रशिक्षण
Next articleएमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने