झारफुक गर्ने बहानामा कुटपिट गरी बालिकाको हत्या आरोपमा झाँक्री महिला पक्राउ

२२ फागुन, बुटवल । झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन्

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ ।

रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।

कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्नेसू चनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26740

Previous articleनेपालले यूएईलाई हरायाे, साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै
Next articleपल भन्छन्: त्यो समयको दोष थियो कसैलाई गाली गलौच नगरिदिनुस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।