Home Uncategorized पत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी

पत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी

जनकपुरधाम, फागुन २३- मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधामका मेयर मनोज साहलाई ‘महामूर्ख’ घोषणा गरेको छ ।

मिनापले जनकपुरधामस्थित जानकी मन्दिरमा होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा मेयर साहलाई ‘महामूर्ख’ घोषणा गरिएको हो । होलीमा हसिठट्टा र व्यंग्य गर्ने परम्परा अनुसार मेयर साहलाई ’महामूर्ख’घोषणा गर्दै सम्मान गरिएको छ ।

आयोजकले पत्रकार ऋषि धमलालाई ‘पटमूर्ख’को उपाधि दियो । पटमूर्खको उपाधि ग्रहण गर्न पत्रकार धमला काठमाडौंबाट जनकपुरधाम आएका थिए ।

यस्तै, पूर्व डिई रत्नेश्वर लाल कर्णलाई डपौर शंख, महोत्तरीको मटिहानीका मेयर हरि मण्डललाई बैशाख नन्दन, नेतृ बिभा ठाकुरलाई गंधपसारैन, जनकपुरधामकै अरूणलाल कर्णलाई खबसुरता र प्रधानाध्यापक संजय झालाई लोढाशंख घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

यस्तै, रेखा झालाई मनटुटिया, वन कार्यालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, यूवा व्यावसायी बलराम साहलाई बज्रसोटा, पत्रकार बिरेन्द्र रमणलाई शोटानन्द, किरण झा रश्मीलाई टुनमुसरी र मोनाष्टीक ई. बोर्डिंग स्कूललाई डा. सोनु कुमार साहलाई बज्रकिट घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/26751

Previous articleखोलामा डुबेर दुई बालकको मृत्यु
Next articleखोक्रो आदर्शवादका कुरा नगर; नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।