करण र नग्माको ‘यो खुशी ’ जमर्काेमा (भिडियो सहित)

पथरी । गायक विनोद राईको स्वरमा रहेको आधुनिक गीत ‘यो खुशी ’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । देव गुरुङको संगीत, युगल लङ्फुङ्वाको रचना र सचिन सिंहको एरेन्ज रहेको सो गीतलाई मित्र लामाले रेकडिङ÷मिक्सिङ गरेका हुन् । पूर्वको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

The post करण र नग्माको ‘यो खुशी ’ जमर्काेमा (भिडियो सहित) appeared first on Purbeli News.

माग्नेबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खुलाए यस्तो कुरा (भिडियो सहित)

Previous articleगायक निशान भट्टराइको कार दुर्घटनामा मृत्यु
Next articleमाघ १७ गतेदेखि दोस्रो बेलबारी आईडल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।