गैंडाकोटमा जारी औद्योगिक व्यापार मेलामा बद्रिलाई दर्शकको साथ

नवलपुर । गर्मी याम , साँझपख विस्तारै चिसिँदै गएको मौसम । महोत्सवको सांगीतिक कार्यक्रम परिसर वरीपरी दर्शकको संख्या घट्दै गइरहेको थियो । जब गीत गाउनका लागि चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी स्टेजमा उक्लिए, तब दर्शकहरुको उपस्थिति बाक्लिन थाल्यो ।

बद्रि पङ्गेनीले महोत्सवमा गीत गाउन थालेपछि वरपर भएका मात्रै नभइ महोत्सवस्थल बाहिर भएका मान्छेसमेत टिकट काटेर सांगीतिक कार्यक्रम भएको स्थानमा आउन थाले । दर्शकहरुको उपस्थितिले हौसिएका गायक पंगेनीले करिब एकघण्टा दर्शकसँग बिताए । उनी स्टेजमा उक्लिएपछि परदेशमा भएका छोराको व्यथा समेटिएको गीत गाएर दर्शकलाई भावुक बनाए ।

मञ्चमा उक्लिएर ‘आमा बिदा पाउँदिन…’ बोलेको गीत गाउन सुरु गरेका बद्रि आफू भावुक हुँदै दर्शक दीर्घामा गएर गाउन सुरु गरे । उनले गीत गाउँदै गर्दा महोत्सव अवलोकनका लागि पुगेका महिलाहरु भावुक हुँदै बद्रिको गीतमा साथ दिइरहेका थिए । त्यसपछि उनले आफ्ना अन्य गीतहरु गएका थिए । त्यसपछि उनले तिम्रो घरमा मेरी छोरी, चप्पल छिनियो, रातो पछ्यौरी, म त नेपालीलगायतका गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

https://ujyaalonepalnews.com/archives/26798

Previous articleभीमोदय नमुना मावि पदमपुरका विद्यार्थीद्वारा शैक्षिक सामाग्री प्रदर्शन
Next articleमदिरा सेवन गरेर फिल्मी शैलीमा सडकमा दादागिरी देखाउने प्रहरी जवानलाई निलम्बनको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।