अनियमितताको उजुरी पछि राप्ती नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

Click Image

उज्यालो नेपाल- अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले आईतबार राप्ती नगरपालिकाको विभिन्न कागजपत्र नियन्त्रणमा लिएको छ । नगरपालिकामा भएको अनियमितता बारे अख्तियारमा परेको उजुरीको छानबिन गर्ने क्रममा अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।

विद्यालय भवन निर्माणको क्रममा भएको अनियमितता,  राप्तीको वडा नं. ४ मा बनाउन सुरु गरेर फेरी वडा नं. ५ मा सार्न लागिएको स्वास्थ्य चौकी भवन, नगर प्रमुखले सचिवालयको लागि भन्दै खरिद नै नगरी मोबाइलको बिलहरु पेश गरेर भुत्तानी गराएको, इन्धनको लागि १ बर्षलाई छुट्याएको रकम मनपरि रुपमा इन्धन बाढेर ८ महिनामै सकेको लगायतको विषयमा अख्तियारमा दर्जन बढि उजुरी परेको छ ।

यिनै विषयमा छानबिन गर्नको लागी अख्तियारले नगरपालिकालाई पत्र काटेर उजुरीसंग सम्बन्धित कागजात सहित आवश्यक जवाफ माग्दा नगरपालिकाले उपलब्ध गराउन नसकेपछि अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सुचना अधिकारी विष्णुप्रसाद सापकोटाले उज्यालो नेपाललाई जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/26833

Previous articleशहीद स्मृतिमा स्वावियु निर्वाचन : चार विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल
Next articleचितवनबासी जनतालाई फेरि एकपटक असल नेता छान्ने अवसर आउँदैछ – डा. कार्की
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।