चितवनबासी जनतालाई फेरि एकपटक असल नेता छान्ने अवसर आउँदैछ – डा. कार्की

उज्यालो नेपाल – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चितवनबासी जनताले फेरि एकपटक असल नेता छान्ने अवसर पाउन लागेको बताएकीछन्।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले कानुनी झमेलाका कारण जनताले फेरि एकपटक रास्वपाका उम्मेदवारलाई अनुमोदित गर्नुपर्ने अवस्था आएको बताएकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरूले असल नेतृत्व दिन नसक्ने भन्दै कार्कीले वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका  उम्मेदवारलाई चितवनका जनताको अमूल्य मत पुनः प्राप्त हुने विश्वास व्यक्त गरिन्।

नागरिकता मुद्दामा सर्वोच्चले रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा यहि वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

 

https://ujyaalonepalnews.com/archives/26839

Previous articleअनियमितताको उजुरी पछि राप्ती नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा
Next articleआठ वर्षमा पनि पूरा भएन चितवन-तनहुँ जोड्ने ठिमुरा पुल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।