कालिकाका मौरीपालक किसानलाई उपकरण वितरण

रत्ननगर । चितवनको कालिका नगरपालिकाले मैरीपालक किसानलाई उपकरण वितरण गरेको छ । मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका किसानहरुलाई अफ सिजनको बेला मौरी जोगाउन चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको छ ।

कालिका नगरपालिकामा महको उत्पादन बढाउन र किसानलाई सोही पेशामा आत्मनिर्भर बनाउन मौरी पकेट क्षेत्र कार्यक्रम घोषणा गरी प्रर्बधनका कार्यक्रम सञ्चालन गरिएको छ । पकेट क्षेत्र कार्यक्रममा समावेश भएका ६३ जना किसानलाई ५० प्रतिशत अनुदानमा चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको नगरपालिकाका कृषि विकास अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।

वडा नं ६ को कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा ६३ जना किसानलाई ११९ बोरा चिनी, २८० वटा मौरीको घार र ४०० वटा चिनी खुवाउने फिडर वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा मेयर विनोद रेग्मी र मौरी पकेट क्षेत्र सञ्चालन समितिका अध्यक्ष तेजप्रसाद लामिछानेले उपकरण सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अबसरमा मेयर रेग्मीले कालिकामा मह उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट क्षेत्र घोषणा गरी किसानको हितमा काम गरिएको बताए ।

https://ujyaalonepalnews.com/archives/26844

Previous articleआठ वर्षमा पनि पूरा भएन चितवन-तनहुँ जोड्ने ठिमुरा पुल
Next articleगैडाकोटमा जारी महोत्सवमा आज पनि अस्मिता अधिकारी आउदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।