रत्ननगर – रत्ननगर २ हाईस्कूल रोडमा रहेको मणिरत्न एण्ड सन्स सुनचाँदी उद्योगले ६१ औँ वार्षिक उत्सवको अवसरमा पसललाई आधुनिकीकरण संगै स्तरोन्नती गरेको छ।
वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी रत्ननगरका मेयर प्रलाद सापकोटा, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी र वडा नं. २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले स्तरोन्नती गरिएको पसलको संयुक्त रुपमा उद्घाटन गरे।
पूर्वी चितवनकै सबैभन्दा पुरानो, विश्वाशिलो र ठूलो पसल रहेको सुनचाँदी पसलले निरन्तर ६१ वर्षदेखि निरन्तर आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आईरहेको प्रोपार्इटर शमशेर घामल्लेले जानकारी दिए।
पसल स्तरोन्नती संगै लगानी थप गरि टाँडी हाईस्कूल रोडमा निर्माण गरिएको मणिरत्न कम्प्लेक्स बाट सेवा सुरु गरेको पूर्वीचितवन सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका घामल्लेले जानकारी दिए
वि. स. २०१८ सालमा स्थापना भएको पसलले ग्राहकहरुलाई आकर्षक सुनचाँदी तथा हिराका गरगहनाहरु सुपथ मूल्यमा विक्रीवितरण गर्दै आईरहेको छ।
https://ujyaalonepalnews.com/archives/26851


