रत्ननगर, । चितवनकाे रत्ननगर स्थित शहिदस्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु भएकाे छ ।
विहान ८ बजेबाट मतदान सुरु भएकाे हाे । यहाँ अखिलकाे सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ बीच प्रतिस्पर्धा हुँदैछ ।
अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकाेटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् ।
अखिल सयुक्तबाट सचिवमा माेनिका सिलवाल र काेषाध्यक्षमा पानस तमाङ र नेविसंघबाट सचिवमा अमिरबाबु खनाल र काेषाध्यक्षमा प्रमिला बुढाथाेकी चुनावी मैदानमा छन ।
साे क्याम्पसमा १ हजार २२४ विद्यार्थीले मतदान गर्दैछन् । १४ बर्ष पछि भएकाे निर्वाचनमा विद्यार्थीहरु उत्साहित देखिएका छन् ।
https://ujyaalonepalnews.com/archives/26903


