जनता मर्न लागे ब्याजदर घटाउ मूल्यवृद्धि घटाउ भन्नेलाई प्रहरीको मुक्का ( भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई पक्रिन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

दुवैजनालाई प्रहरीले भ्यानमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन-यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए ।

भिडियो हेर्नुहोस् 

https://ujyaalonepalnews.com/archives/26941

Previous articleएक रुपैयाँ हिनामिना भएको भेटिए खाल्डो खनेर पुरिदिनुस् -धुर्मुस ( भिडियो)
Next articleबानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।