बागमती प्रदेश: एमालेका चार मन्त्रीले आज राजीनामा दिँदै

काठमाडाैँ- बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले शुक्रबार राजीनामा दिने भएका छन्।

आज दिउँसाे १ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्तासहित उनीहरूले राजीनामा दिन लागेका हुन्।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले सरकारबाट बाहिरिने तयारीमा रहेको हो।

आज एमालेका सांसद र मन्त्रीहरूले आफ्ना धारणा प्रस्तुत गर्दै सरकारबाट बाहिरिने एक नेताले जानकारी दिए।

आजकाे बैठकमा एमालेका सबै सांसदहरू उपस्थित नहुने ती नेताले बताए।

बागमती प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ र केशवप्रसाद पोखरेल मन्त्री रहेका छन्।

https://ujyaalonepalnews.com/archives/26982

Previous articleरत्ननगरमा वित्तीय साक्षरताकाे लागि प्रभातफेरी 
Next articleरंगशालाको विषयमा सुन्तली भन्छिन् : ‘कि मलाई सफाई देउ कि सजाय’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।